फ्रान्समा एकैदिन ६ हजार ५२४ जनामा कोरोनाभाइरसको संक्रमण « Khabarhub

फ्रान्समा एकैदिन ६ हजार ५२४ जनामा कोरोनाभाइरसको संक्रमण


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ७६२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ७२९ पुगेको छ ।

एकै दिन ६ हजार ५२४ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ३०३ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २८ हजार ८०५ जना उपचारपछि निको भएका छन् । ६ हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ भने ९८ हजार ७६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५९६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९७ हजार ६२० पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : २८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु