१३ हजार जनामा नमूना परीक्षण « Khabarhub

१३ हजार जनामा नमूना परीक्षण


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १३ हजार जनामा कोभिड­१९ को परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड­१९ को सङ्क्रमण देखिएको छ ।

अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा र ५६ जिल्लामा आरडिटीमाध्यमबाट परीक्षण भइरहेको छ । पिसिआरबाट छ हजार २९९ जना र आरडिटी छ हजार ६०६ जनाको परीक्षण गरिएको छ ।

आजै मात्र पिसिआरबाट ५८४ र आरडिटीबाट एक हजार ३१६ जनाको परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाले धेरैभन्दा धेरै मानिसको परीक्षण गर्नका लाागि आरडिटी प्रयोग गरिएको बताए । अहिलेसम्म आइसोलेशनमा ९९ रहेका छन् । तीमध्ये १२ जना काठमाडौँ र ८७ जना उपत्यका बाहिर रहेका छन् ।

मोबाइल एपमा स्व­परीक्षण गरिएकामध्ये आज नौ जना ‘रेड जोन’मा रहेका छन् । अहिलेसम्म २२८ रेडजोनमा रहेका छन् ।

यसैगरी प्रवक्ता डा देवकोटाले सोमबार कैलाली र रौतहटमा देखिएका कोभिड­१९ सङ्क्रमितका आफन्त, नातेदार र नजिकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए । यसैगरी पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका दुई जनामा सङ्क्रमण देखिएको छ । उनीहरुको पनि कन्ट्याक ट्रेसिङ्ग भइरहेको उनले जानकारी दिए । अहिलेसम्म पाँच हजार ७७१ क्वारेन्टाइनमा बसेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले पिसिआरको दायरामा ल्याउन नसिकने व्यक्तिमा आरडिटी गरिएको जानकारी गराईन् । उनले पिसिआरभन्दा आरडिटीबाट नमूना परीक्षण गर्न सजिलो भएकाले यो विधि नेपाललगायत विश्वका धेरै देशले प्रयोग गरिएको बताईन्।

आरडिटी प्रत्यक्ष फिल्डमा गएर रगत लिई नमूना परीक्षण गरिन्छ । रगत लिएको १५ मिनेटमा नै नजिता देखाउछ । आरडिटीले कोभिड­१९ को सम्भावित सङ्क्रमण देखाउने र पिसिआरले त्यसको यकिन गर्ने गर्दछ । प्रयोगशालाका निर्देशक डा झाले पिसिआरले छ घण्टामा नमूनाको नतिजा दिने बताइन् ।

­१९ को १३ हजार जनामा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : २६ बजे

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका

चीन–अमेरिका व्यापार तनावमा नरमी, पारस्परिक महसुल कटौतीतर्फ सहमति

बेइजिङ– चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनाव कम

प्रतिनिधिसभा : विपद्, सुकुम्वासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद्

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना