अब एप्पल म्यापमार्फत कोरोना परीक्षण केन्द्रको जानकारी « Khabarhub

अब एप्पल म्यापमार्फत कोरोना परीक्षण केन्द्रको जानकारी


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको परीक्षणका लागि विश्व स्वास्थ्य संगठनले आह्वान गर्दै आए पनि सबै अस्पतालहरुमा परीक्षण नहुँदा मानिसहरुमा अन्यौलता छाएको छ ।

तर यस्तो अन्यौलतालाई आइफोन उत्पादक कम्पनी एप्पलले अन्त्य गरिदिएको छ । एप्पलले आफ्नो म्याप एपको माध्यमबाट प्रयोगकर्तालाई नजिकको परीक्षण केन्द्र पत्ता लगाउन सहयोग गर्ने भएको छ ।

यो फिचर सबैभन्दा पहिले नाइन टु फाइभ म्याकमा देखा परेको थियो ।  एप्पलले अस्पताल, प्रयोगशाला र क्लिनिकहरुका लागि एउटा पोर्टल सार्वजनिक गरेको थियो । जसमा एप्पलले आफूलाई कोभिड-१९ को परीक्षण केन्द्रको रुपमा रजिस्टर गराउन सक्छन् ।

यसपछि कम्पनीले यसको लोकेसनलाई भेरिफाई गर्छ र एप्पल म्यापमा देखाउँछ । एपमा उक्त परीक्षण केन्द्रले ड्राइभ थ्रो फेसिलिटी दिन्छ वा अपोइन्टमेन्टका लागि प्री बूक गर्नुपर्छ । यी सबै कुराको जानकारी म्यापबाटै उपलब्ध हुनेछ ।

तर यो फिचर अन्तर्राष्ट्रियस्तरमै उपलब्ध छ कि छैन भन्ने विषय चाहिँ स्पष्ट हुन सकेको छैन् । यद्यपि अमेरिकामा भने यो सेवा उपलब्ध हुन थालेको एप्पलले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : ०० बजे

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले

राजनीतिक स्थायित्वलाई आर्थिक प्रगतिको आधार बनाउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वर्तमान राजनीतिक

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त