कोरोनाभाइरस संक्रमणबाट विश्वमा कहाँ कति संक्रमित, कतिले गुमाए ज्यान ? « Khabarhub

कोरोनाभाइरस संक्रमणबाट विश्वमा कहाँ कति संक्रमित, कतिले गुमाए ज्यान ?


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ६ लाख १४ हजार मानिस कोरोना संक्रमित भएका छन् भने २६ हजारभन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४०० जनाको मृत्यु भएको थियो ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजारको ज्यान गएको छ भने एक लाख ६२ हजार संक्रमित छन् । स्पेनमा भने १८ हजार २२५ जनाको मृत्यु भएको छ भने एक लाख ७४ हजार संक्रमित भएका छन् ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १५ हजार ७२९ जना र बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार १५७ जना, जर्मनीमा ३ हजार ४९५ जना, नेदरल्यान्ड्समा २ हजार ९४५ जना, स्वीट्जरल्यान्डमा एक हजार १७४ जना, स्वीडेनमा एक हजार ३३ जना र आयरल्यान्डमा ४०६ जनाको मृत्यु भएको छ ।

संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोकेका छन् ।

परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरु अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : २२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा