लकडाउनका कारण समस्यामा परेका नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने « Khabarhub

लकडाउनका कारण समस्यामा परेका नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ ।

नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि रु २० लाखको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगरप्रमुख गङ्गा पासवानले जानकारी दिए ।

त्यस्तै नगरपालिकाले विभिन्न वडाका अति विपन्न, दलित दुई हजार परिवारलाई परिवार सङ्ख्याको अनुपातमा चार जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा केजी स्वाबिन तथा चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दर राहत बितरण गरिएको नगरप्रमुख पासवानले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ३ : ३९ बजे

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज