इरानद्वारा कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक « Khabarhub

इरानद्वारा कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानले कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेको छ ।

इरानकाे इस्लामिक रिभोलुसन गार्ड कर्प्सका कमान्डरले कोरोना भाइरस पहिचान गर्न सक्‍ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेका हुन् ।

झण्डै १ सय मिटरको दूरीमा रहेको कोरोना संक्रमित व्‍यक्तिलाई उक्त चुम्बकीय डिभाइसले पहिचान गर्न सक्‍ने दाबी गरिएको छ ।

चुम्बकीय उपकरण सार्वजनिक गर्दै  कमाण्डर माज्गेन होसैनले भनेका छन्, ‘कोरोना संक्रमित व्‍यक्तिको पहिचान यो म्याग्नेटिक उपकरणले करीब सय मिटरको दूरीमा पाँच सेकेण्डभित्रै हुन्छ।’

साथै यो डिभाइसले ८० प्रतिशत नतिजा दिने उनले बताएका छन्।

विज्ञहरुले भने अहिले कोभिड-१९ जाँच गर्ने एकमात्र उपयुक्त विधि भनेको स्वाब परीक्षण नै रहेको जनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ५८ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी