विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २० लाख २७ हजार नाघ्यो « Khabarhub

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २० लाख २७ हजार नाघ्यो


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख २७ हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार पछिल्लो तथ्यांकअनुसार विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या मानिसको संख्या २० लाख नौ सय २७ हजार ६ सय नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । त्यहाँ अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ लाख १६ हजार नाघेको छ ।

त्यस्तै, स्पेनमा १ लाख ७७ हजार, इटालीमा १ लाख ६२ हजार, फ्रान्समा १ लाख ४३ हजार र जर्मनीमा १ लाख ३२ हजार संक्रमित पुगेका छन् ।

अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १ लाख २९ हजार १५५ पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ ।

अमेरिकामा अहिलेसम्म २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । स्पेनमा पनि १८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

विश्वभर अहिलेसम्म पाँच लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । निको हुनेमा सबैभन्दा धेरै चीनमा ७८ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् भने जर्मनीमा पनि ७२ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ३३ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल