डाक्टर कुट्ने प्रहरी को हुन् ? घटनाबारे छानविन गर्न समिति गठन « Khabarhub

डाक्टर कुट्ने प्रहरी को हुन् ? घटनाबारे छानविन गर्न समिति गठन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तीन जना डाक्टरमाथि भएको कुटपिटको घटनाबारे छानविन गर्न समिति गठन गरिएको छ ।

बुधवार साँझ ड्युटी सकेर घर फर्कने क्रममा अ‌ाफूहरुलाई महानगरीय प्रहरी वृत महारागञ्जको टोलीले हातपात तथा दुर्व्यवहार गरेको तीनजना डाक्टरले लगाएका थिए ।

अ‌ाफूहरुलाई प्रहरीले कुटपिट गरेकाे डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहले बताएका हुन् ।

घटना छानविनका लागि महानगरीय प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय समिति बनाएकाे छ ।

समितिमा महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य छन् ।

राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति निकालेर कुटपिटको घटना छानविन गरी दाेषीलाई कारवाही नगरे कडा कदम चाल्ने चेतावनी दिएकाे छ ।

यो पनि पढौं

‘ड्यूटी’ सकेर घर जाँदै गरेका त्रिविका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : १७ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले