आज मेघगर्जन, चट्यांङ, हावाहुरी र असिनापानीको सम्भावना | Khabarhub Khabarhub

आज मेघगर्जन, चट्यांङ, हावाहुरी र असिनापानीको सम्भावना


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देखि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्चिमी वायुको समेत आंशिक प्रभाव महाशाखाले बताएको छ।

हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । २४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तीन दिनको मौसमको अवस्था यस्तो छ

बैशाख ४ गते (बिहीबार)

दिउँसो- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसो- देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : १८ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो