चीनमा पछिल्लो २४ घण्टामा ४६ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए | Khabarhub Khabarhub

चीनमा पछिल्लो २४ घण्टामा ४६ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना रोकिएका छैनन् ।

पछिल्लो २४ घण्टामा चीनमा एक जनाको मृत्यु भएको छ भने ४६ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै चीनमा संक्रमितको संख्या ८२ हजार २९५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ४२ पुगेको छ ।

चीनमा कोरोना संक्रमित ७७ हजार ८१६ उपचारपछि निको भएका छन् । १ हजार १३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्येपनि ११३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १० : ५१ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको