र्‍यापिड टेस्ट गर्दा काठमाडौंकी एक महिलामा एन्टिबडी पोजेटिभ « Khabarhub

र्‍यापिड टेस्ट गर्दा काठमाडौंकी एक महिलामा एन्टिबडी पोजेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत पहिलो हप्ता इटालीबाट नेपाल आएकी काठमाडौंकी एक महिलामा र्‍यापिड टेस्टको क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएको छ ।

काठमाडौंको बुढानीलकण्ठ ९ मा बस्दै आएकी महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)कका क्रममा कोरोना संक्रमणको संकेत (एन्डिबडी) पोजेटिभ देखिएको हो ।

आरडीटी टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिए पछि उनको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।

मेयर खरेलका अनुसार इटालीबाट आएकी ती महिला होम क्वारेन्टाइनमा बस्दै आएकी छन् ।

मेयर खरेलले पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै महिलालाई आइसोलेसनमा भर्ना गर्ने वा घरमै राख्ने भन्ने निर्णय हुने जानकारी दिए ।

यसअघि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ३ जनामा र्‍यापिड टेस्टका क्रममा कोरोना संक्रमणको संकेत देखिएको थियो । तर, पीसीआर परीक्षणका क्रममा २ जना मात्रै कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : ३२ बजे

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा