दैनिक ज्यालादारी श्रमिकको समस्यामा गम्भीर बन्न कांग्रेसको माग « Khabarhub

दैनिक ज्यालादारी श्रमिकको समस्यामा गम्भीर बन्न कांग्रेसको माग


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रा तय गरेका नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएको छ ।

कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि विशेष गरी ती वर्गका नागरिकलाई धेरै समस्या परेको भन्दै कांग्रेसले समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार एक विज्ञप्तिमार्फत कोरोना भाइरसको जोखिमलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले जनता पीडामा रहेका उल्लेख गरेका छन् ।

सरकारले कोभिड–१९को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि प्रभावकारी तयारी गर्न नसकेको तथा स्वास्थ्य सामग्री तथा उपकरण खरिद व्यवस्थापनमा ढिलाइ भएको खाँणको आरोप छ ।

‘हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । सरकार यस्तो गम्भीर एवं सङ्कटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र सङ्क्रमितहरुको उपचार गर्नु हो,’ कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान विषम परिस्थितिमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्दै कांग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै