दैनिक ज्यालादारी श्रमिकको समस्यामा गम्भीर बन्न कांग्रेसको माग « Khabarhub

दैनिक ज्यालादारी श्रमिकको समस्यामा गम्भीर बन्न कांग्रेसको माग


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रा तय गरेका नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएको छ ।

कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि विशेष गरी ती वर्गका नागरिकलाई धेरै समस्या परेको भन्दै कांग्रेसले समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार एक विज्ञप्तिमार्फत कोरोना भाइरसको जोखिमलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले जनता पीडामा रहेका उल्लेख गरेका छन् ।

सरकारले कोभिड–१९को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि प्रभावकारी तयारी गर्न नसकेको तथा स्वास्थ्य सामग्री तथा उपकरण खरिद व्यवस्थापनमा ढिलाइ भएको खाँणको आरोप छ ।

‘हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । सरकार यस्तो गम्भीर एवं सङ्कटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र सङ्क्रमितहरुको उपचार गर्नु हो,’ कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान विषम परिस्थितिमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्दै कांग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : ५२ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी