दशगजा क्षेत्रको क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै « Khabarhub

दशगजा क्षेत्रको क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- भारतका विभिन्न स्थानबाट आएर दशजगामा राखिएका करिब २ सय जनाको र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखिएको छ ।

बाँकेको जमुनाहास्थित दशगजा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक सय ८१ जनाको आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।  क्वारेन्टाइनमा राखिएको १६ औं दिन आज उनीहरुको आरडीटी जाँच गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार क्वारेन्टाइनमा रहेका सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाउने तयारी थालिएको छ । त्यहाँ २६ जिल्लाका मानिसहरु रहेको र उनीहरुलाई पत्रसहित सम्बन्धित जिल्ला पुठाइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

दशगजामा करिब ५० वटा टेन्ट बनाएर उनीहरुलाई त्यहाँ राखिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १२ : ५७ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी