बागलुङमा सकियो र्‍यापिड टेस्ट, एक हजार २९ जनाको परीक्षण « Khabarhub

बागलुङमा सकियो र्‍यापिड टेस्ट, एक हजार २९ जनाको परीक्षण


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ ।

उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

बागलुङमा बुधबार मात्रै ४३ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोनाको जाँच भएको छ । पाँचौ सङक्रमित युवतीको गाउँ र छुटफुट भएका विदेशबाट आएकाको बुधबार जाँच भएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो सँगै सरकारले तोकेको मापदण्डमा पर्नेहरुको र्‍यापिड परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

‘माथिबाट आएको मोडालिटीका आधारमा आडिटी परीक्षण सकियो,’ उनले भने । बुधबार र्‍यापिड परीक्षण गरिएकामध्ये २१ जनाको थ्रेट स्वाब समेत सङकलन भएको छ ।

कोभिड– १९का सङ्क्रमित बर्षीया युवतीको सम्पर्कमा आएकाहरुको थ्रेट स्वाब सङकलन भएको हो । उनीहरुको स्वाब बिहिबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रमुख गुरौले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : ०२ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ