बागलुङमा सकियो र्‍यापिड टेस्ट, एक हजार २९ जनाको परीक्षण | Khabarhub Khabarhub

बागलुङमा सकियो र्‍यापिड टेस्ट, एक हजार २९ जनाको परीक्षण


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ ।

उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

बागलुङमा बुधबार मात्रै ४३ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोनाको जाँच भएको छ । पाँचौ सङक्रमित युवतीको गाउँ र छुटफुट भएका विदेशबाट आएकाको बुधबार जाँच भएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो सँगै सरकारले तोकेको मापदण्डमा पर्नेहरुको र्‍यापिड परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

‘माथिबाट आएको मोडालिटीका आधारमा आडिटी परीक्षण सकियो,’ उनले भने । बुधबार र्‍यापिड परीक्षण गरिएकामध्ये २१ जनाको थ्रेट स्वाब समेत सङकलन भएको छ ।

कोभिड– १९का सङ्क्रमित बर्षीया युवतीको सम्पर्कमा आएकाहरुको थ्रेट स्वाब सङकलन भएको हो । उनीहरुको स्वाब बिहिबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रमुख गुरौले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : ०२ बजे

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र