खाद्यान्नको प्रयोग गरी घरेलु मदिरा बनाइए कारबाही गरिने « Khabarhub

खाद्यान्नको प्रयोग गरी घरेलु मदिरा बनाइए कारबाही गरिने


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ ।

लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरीदबिक्रीमा रोक लगाएको हो ।

गाउँपालिकाले मदिरा उत्पादन गर्ने व्यक्ति, समूह वा व्यवसायीलाई खाद्यान्न बिक्री नगर्न स्थानीय व्यवसायीलाई आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी मदिराजन्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ ।

गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए । उक्त गाउँपालिकाले धान, मकै, कोदोलगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ ।

स्वाबको रिपोर्ट नेगेटिभ

शीघ्र निदानात्मक परीक्षणका क्रममा क्वारेन्टाइनमा रहेका व्यक्तिबाट सङ्कलित स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । र्‍यापिड टेस्ट गरिएका १२९ जनामध्ये कोभिड–१९ सँग केही लक्षण मिल्ने स्वास्थ्य समस्या भएका ११ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

सङ्कलित स्वाबको कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणबाट नतिजा नेगेटिभ आएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । यसैगरी होम क्वारेन्टाइनमा बसेका १३ जनाको पनि आरडिटी नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

४५ सय घरमा राहत

खोटाङमा ६ स्थानीय तहले राहत वितरण थालेका छन् । लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदूर तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई राहत वितरण थालिएको हो ।

जिल्लाको फिदिम नगरपालिकाले करीब १ हजार, याङ्वरक गाउँपालिकाले ३३९, हिलिहाङले ११३९, फालेलुङले एक हजार १४३ , फाल्गुनन्दले ४९० तथा कुम्मायकले ४५२ परिवारलाई राहत वितरण गरिरहेका छन् ।

तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले भने राहत वितरणका लागि प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिइएको जनाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : ०१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ