भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्‍याउन गृहको निर्दशन « Khabarhub

भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्‍याउन गृहको निर्दशन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसिरहेका शैल्यशिखर गाउँपालिका १ जोगउडाका २५ वर्षीय वासुदेव भट्टलाई नेपाल ल्याउने वातावरण मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले भारततर्फको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भट्टलाई नेपाल ल्याउन आवश्यक समन्वयका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेललाई निर्देशन दिइएको बताए ।

आमाको मृत्यु भएपनि नेपाल प्रवेश गर्न नपाएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरियामा रहेका छन् ।

भारतमा रोजगारीका लागि गएका भट्ट नेपाल फर्कने क्रममा लकडाउनममा परेका थिए । सीमा क्षेत्रमा उनीसहित सयौंको संख्यामा नेपालीहरु क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : २३ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना