भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्‍याउन गृहको निर्दशन « Khabarhub

भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्‍याउन गृहको निर्दशन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसिरहेका शैल्यशिखर गाउँपालिका १ जोगउडाका २५ वर्षीय वासुदेव भट्टलाई नेपाल ल्याउने वातावरण मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले भारततर्फको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भट्टलाई नेपाल ल्याउन आवश्यक समन्वयका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेललाई निर्देशन दिइएको बताए ।

आमाको मृत्यु भएपनि नेपाल प्रवेश गर्न नपाएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरियामा रहेका छन् ।

भारतमा रोजगारीका लागि गएका भट्ट नेपाल फर्कने क्रममा लकडाउनममा परेका थिए । सीमा क्षेत्रमा उनीसहित सयौंको संख्यामा नेपालीहरु क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : २३ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा