ललितपुरको गोदावरीमा सुत्केरीलाई गुँदपाक वितरण « Khabarhub

ललितपुरको गोदावरीमा सुत्केरीलाई गुँदपाक वितरण


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक वितरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो ।

गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य राहत सामग्री पनि वितरण गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले बताइन् । उनले भनिन्, ‘हामीले बच्चा पाएर छ महिनामा हिँडिरहेका महिलालाई समेत सुत्केरी मसलाका रुपमा गुँदपाक वितरण गरिरहेका छौं ।’ बन्दाबन्दीका बेला दूधेबालकको आमाका शरीरमा तागत चाहिन्छ भनेर यस कामलाई अघि बढाइएको अधिकारीले जानकारी दिइन् ।

नगरपालिकाबाट ५५३ महिलाले सुत्केरी मसलाका रुपमा गुँदपाक लिइसकेको प्रवक्ता मिलन सिलवालले बताए । उनले भने, ‘हामीले तीन किसिमको नियम बनाएर नगरपालिकामा अतिविपन्न, मजदूर, अपाङ्गता भएका र अशक्त आदिलाई राहत वितरण गरिरहेका छौँ । गोदावरीका सुत्केरी महिलालाई समेत छुट्टै एक भाग राहत वितरण गरियो ।’

गोदावरीले दुई जनाको परिवार, दुईभन्दा माथिको परिवार र चार जनामाथिको परिवारलाई प्रतिपरिवार क्रमशः पाँच, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, एकएक पोका नुन तथा दुईदुई साबुन वितरण गरिरहेको सिलवालले बताए । गोदावरीमा करीब दश हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : २९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ