निर्वाचन क्षेत्र विकासको रकम कोरोना रोकथाममा खर्चन माग | Khabarhub Khabarhub

निर्वाचन क्षेत्र विकासको रकम कोरोना रोकथाममा खर्चन माग


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका छन् ।

राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुगेका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ सँगको छलफलमा स्थानीयवासीले सङ्क्रमण रोकथाम अहिलेको मुख्य अवश्यकता भएको बताएका हुन् ।

वडाध्यक्षसहितका प्रतिनिधिसँगको छलफलमा सहभागीले लकडाउनका कारण मानसिकरूपमा धेरै त्रास भएको बताउँदै कृषि उत्पादनका साथै अन्य उत्पादन गर्ने उद्योगलाई कोरोना सङ्क्रमणप्रति सचेत बन्दै सामाजिक दूरी कायम गरी सञ्चालनको वातावरण मिलाउन माग गरेका थिए ।

प्रदेशसभा सदस्य बरालले देशको विद्यमान समय र परिस्थिति एवं जनचाहनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्दै प्राप्त सकारात्मक सुझावलाई प्रदेशसभा तथा सरकारमा पुर्‍याउने बताए ।

मानव जातिको अस्तित्व नै सङ्कटमा पार्ने गरी फैलिएको भाइरसको सङ्क्रमणबाट आफू बच्नु र अरुलाई बचाउनु वर्तमानको आवश्यकता भएको उनले बताए । छलफलमा पोखरा १ र २ का वडाध्यक्ष शारदा पराजुली र रामेश्वर मल्लले पहिलो चरणमा भएको राहत वितरणबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ३७ बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका