कोरोना कहर : स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि 'र्‍यापिड टेस्ट' गरिने | Khabarhub Khabarhub

कोरोना कहर : स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ‘र्‍यापिड टेस्ट’ गरिने


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड- १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोनाभाइरस परीक्षण गर्ने भएको छ।

मन्त्रालयले सूचना जारी गर्दै कोभिड- १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि र्‍यापिड डाइनोष्टिक टेष्ट (आरडीटी)बाट परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडिटीबाट कोभिड- १९ को समेत परीक्षण गरिने भएको छ। मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाएको छ।

नेपाल कोभिड- १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ। अहिलेसम्म नेपालमा १६ जनामा कोभिड- १९ सङ्क्रमण देखिएको छ। नेपाल कोभिड- १९ को दोस्रो चरणमा प्रवेश गरेको छ। सम्भावित सङ्क्रमण बढ्न नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउन कायम राखेको छ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : १३ बजे

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका