कोरोना भाइरस महामारीमा कहाँ चुक्यो डब्ल्युएचओ ? | Khabarhub Khabarhub

कोरोना भाइरस महामारीमा कहाँ चुक्यो डब्ल्युएचओ ?


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको महामारीले ठूलो मानवीय क्षति निम्त्याइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन डब्ल्युएचओसँग निकै असन्तुष्ट छन् ।

उनको आरोप छ- डब्ल्युएचओले कोरोना भाइरसको व्यवस्थापन गर्न सकेन र चीनमा कोरोना भाइरस देखिएपछि पनि लुकाउने प्रयास गर्‍यो ।

यो आरोपसँगै ट्रम्पले डब्ल्युएचओलाई अमेरिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहायता बन्द गर्ने घोषणा गरे । उनका अनुसार उनको प्रशासनले यसबारे सबै सत्यतथ्य बुझेरै यो कदम उठाएको हो ।

डब्ल्युएचओको कामप्रति ट्रम्पको यस्तो प्रतिक्रिया कति जायज भन्ने विषयमा विभिन्न कोणबाट विभिन्न टिप्पणीहरू भइरहेका छन् ।

लण्डनको स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका पिटर पियोट ट्रम्पको यो कदमलाई ‘खतरनाक एवं अदूरदर्शी’ भन्छन् ।

विवादको जरो

डब्ल्युएचओले मानिसबाट मानिसमा कोरोना भाइरस नसर्ने भनी सुरुमा चीनले दिएको जानकारी नै सदर गरेको र त्यसको तथ्य जाँच गर्न असफल भएको ट्रम्पको आरोप छ ।

डब्ल्युएचओले राष्ट्रपति ट्रम्पको पछिल्लो कदमको प्रतिक्रिया दिँदै विगतका आफ्ना गतिविधिको समीक्षा गर्ने जनाएको छ । मानिसमा भाइरसको संक्रमण रोक्ने उद्देश्यले नै यसअघिका निर्देशनहरू जारी गरिएको पनि डब्ल्युएचओको भनाइ छ ।

चीनले सर्वप्रथम ३१ डिसेम्बरका दिन ‘निमोनियाजस्तो यसअघि थाहा नभएको रोग’ बारे डब्ल्युएचओलाई जानकारी दिएको थियो । जनवरी ५ मा डब्ल्युएचओले चीनबाट प्राप्त जानकारी अनुसार यो भाइरस मानिसबाट मानिसमा सर्ने प्रमाण नभएको जनायो ।

त्यसको ९ दिनपछि अर्थात् जनवरी १४ का दिन डब्ल्युएचओले ट्वीट गर्दै चिनियाँ अनुसन्धानबाट नयाँ भाइरस ‘मानिसबाट मानिसमा सर्ने स्पष्ट प्रमाण नभेटिएको’ बतायो ।

सोही दिन चीनको वुहान शहरको स्वास्थ्य आयोगले कोरोना भाइरस सीमितरुपमा मानिसबाट मानिसमा सर्ने सम्भावना नकार्न नसकिने जानकारी दियो । आयोगले जानकारीअनुसार मानिसबाट मानिसमा दिगो भाइरस प्रसार हुने जोखिम भने न्यून नै रहेको भनेको थियो ।

सोही समय डब्ल्युएचओले अर्को विज्ञप्तिमा सार्स कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने भएकाले नयाँ भाइरस पनि मानिसबाट मानिसमा सर्ने सम्भावना रहेको बतायो ।

त्यसपछि बल्ल डब्ल्युएचओको प्रतिनिधिमण्डलले वुहान शहरको संक्षिप्त भ्रमण गरेपछि जनवरी २२ का दिन मानिसबाट मानिसमा कोरोना भाइरस सर्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक गर्‍यो ।

जनवरीको अन्त्यतिर डब्ल्युएचओले कोरोना भाइरस व्यवस्थापनका लागि चिनियाँ कदमको प्रशंसा गर्दै चीन पारदर्शीतामा प्रतिबद्ध रहेको समेत बतायो ।

यता ट्रम्प भने ‘डिसेम्बरमै कोरोना भाइरस संदिग्धरूपमा मानिसबाट मानिसमा सरेको विश्वसनीय जानकारी रहेको’ बताउँछन् ।

ताइवानले डब्ल्युएचोलाई यस्तै चेतावनी पठाएको बताएको छ । भाइरस सुरुमा देखापर्ने बित्तिकै ताइवानी वैज्ञानिकहरू वुहान पुगेका थिए ।

तैपनि ताइवानले डब्ल्युएचओलाई दिएको भनिएको जानकारीमा मानिसबाट मानिसमा कोरोना भाइरसको संक्रमणबारे ठोस आधार भने उल्लेख नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रारम्भिक चरणमा कोरोना भाइरस नियन्त्रणका लागि चीनको प्रशंसा गरेको भन्दै डब्ल्युएचओको आलोचना हुँदै आएको छ । ट्रम्प आफैँले जनवरी २४ मा ट्वीट गर्दै कोरोना भाइरस व्यवस्थापनमा चिनियाँहरूको प्रशंसा गरेका थिए ।

संयुक्त राष्ट्रसंघले ताइवानलाई सदस्य राष्ट्र नमान्ने भएका कारण ताइवानले डब्ल्युएचओको सदस्यता पाएको छैन । डब्ल्युएचओले भने ताइवानसँग जानकारीहरू आदान प्रदान भइरहेको बताउने गरेको छ ।

तैपनि, गत महिना स्वास्थ्य प्रकोप व्यवस्थापन गर्न ताइवानले गरिरहेका कामका विषयमा डब्ल्युएचओका एकजना वरिष्ठ अधिकारीले छलफल गर्नै अस्वीकार गरेका थिए ।

जनस्वास्थ्यविद् लरेन्स गस्टिन डब्ल्युएचओको ‘सिर्जनात्मक आलोचना’ हुनुपर्ने बताउँछन् । उनको भनाइ छ, ‘डब्लूएचओले यसलाई गम्भीरतापूर्वक चनाखो भएर हेर्नुपथ्र्यो ।’

सँगै, अमेरिकाको अपर्याप्त पूर्वतयारीको दोष अरूलाई दिने प्रयासमा ट्रम्पले पछिल्लो कदम चालेको पनि उनको भनाइ छ ।

डब्ल्युएचओले राष्ट्रपति ट्रम्पको पछिल्लो कदमको प्रतिक्रिया दिँदै विगतका आफ्ना गतिविधिको समीक्षा गर्ने जनाएको छ । मानिसमा भाइरसको संक्रमण रोक्ने उद्देश्यले नै यसअघिका निर्देशनहरू जारी गरिएको पनि डब्ल्युएचओको भनाइ छ ।

प्रारम्भिक चरणमा कोरोना भाइरस नियन्त्रणका लागि चीनको प्रशंसा गरेको भन्दै डब्ल्युएचओको आलोचना हुँदै आएको छ । ट्रम्प आफैँले जनवरी २४ मा ट्वीट गर्दै कोरोना भाइरस व्यवस्थापनमा चिनियाँहरूको प्रशंसा गरेका थिए ।

शुरुमा चीनले कोरोना भाइरसको प्रकोप लुकाउने र यसबारे सार्वजनिकरूपमा प्रतिक्रिया दिनेहरूलाई चुप लगाउने सक्दो प्रयास गरेको थियो ।

राष्ट्रपति ट्रम्पका अनुसार डब्ल्युएचओले अमेरिकालाई चीनबाट आउने मानिसहरूका लागि यात्रा प्रतिबन्ध आवश्यक नरहेको भन्ने सल्लाह समेत दिएको थियो ।

हुन पनि डब्ल्युएचओले जनवरी १० मा कुनै किसिमको अन्तर्राष्ट्रिय प्रतिबन्धको आवश्यकता नरहेको जनाएको थियो । जनवरी महिनाको अन्त्यतिर कोरोना भाइरस संक्रमणलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य संकट घोषणा गर्ने बेला पनि डब्ल्युएचओले यस्ता प्रतिबन्ध आवश्यक नरहेको नै बताएको थियो ।

ट्रम्पले यात्रा प्रतिबन्धका कारण अमेरिकामा कोरोना भाइरस फैलिन कम भएको बताउने गरेका छन् । जर्नल अफ इमर्जेन्सी म्यानेजमेन्टले भने गत फेब्रुअरी महिनामा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्ता यात्रा प्रतिबन्धले इबोला र सार्सजस्ता भाइरस फैलिन कम भए पनि यो छोटो समयका लागि मात्र प्रभावकारी हुने निष्कर्ष निकालेको थियो ।

त्यसबेला डब्ल्युएचओको भनाइ थियो, ‘जनस्वास्थ्य संकटका बेला मानिस एवं सामानको आवागमनमा कडाइ गर्नु अधिकांश अवस्थामा प्रभावकारी हुँदैन ।’

सीमा बन्द गर्दा मानिसहरू गैरकानुनीरूपमा यात्रा गर्न बाध्य हुने र यसले कोरोना भाइरसको संक्रमण अझ धेरै फैलाउने सम्भावना रहेको डब्ल्युएचओले जनाएको थियो ।

डब्ल्युएचओको यो सल्लाह अमेरिकासहित अधिकांश मुलुकहरूले मानेनन् । ट्रम्प आफैँले फेब्रुअरी २ बाट चीनबाट आउने सबै विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरे ।

ट्रम्पले यात्रा प्रतिबन्धका कारण अमेरिकामा कोरोना भाइरस फैलिन कम भएको बताउने गरेका छन् । जर्नल अफ इमर्जेन्सी म्यानेजमेन्टले भने गत फेब्रुअरी महिनामा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्ता यात्रा प्रतिबन्धले इबोला र सार्सजस्ता भाइरस फैलिन कम भए पनि यो छोटो समयका लागि मात्र प्रभावकारी हुने निष्कर्ष निकालेको थियो ।

के हो डब्ल्युएचओ ?

डब्ल्युएचओको स्थापना सन् १९४८ मा भएको थियो । संयुक्त राष्ट्रसंघीय अंगका रूपमा यो संगठनले विश्वमा जनस्वास्थ्य, खोप अभियान, स्वास्थ्य संकट एवम् प्रारम्भिक स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

यसमा १९४ सदस्य मुलुकहरू छन् । सदस्य मुलुकहरूले उपलब्ध गराएको आर्थिक सहायताबाट संगठन चल्ने गर्छ । यसलाई सबैभन्दा ठूलो आर्थिक सहायता चाहिँ अमेरिकाले प्रदान गर्दै आएको छ । बीबीसीको सहयोगमा

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : ३२ बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित