सप्तरीमा १८८ जनाको र्‍यापिड परीक्षण, १६६ को नतिजा नेगेटिभ | Khabarhub Khabarhub

सप्तरीमा १८८ जनाको र्‍यापिड परीक्षण, १६६ को नतिजा नेगेटिभ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरी जिल्लाको राजविराज नगरपालिकासहित विभिन्न स्थानीय तहमा १८८ जनाको  र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटबाट कोरोना भाइरसको द्रुत परीक्षण गरिएको छ ।

राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६ महिला र १७२ पुरुषको परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।

परीक्षण गरिएका १८८ मध्ये १८६ को रिपोर्ट नेगेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २ जनाको रिपोर्ट पोजिटिभ आएकामा उनीहरूको समेत पीसीआर प्रविधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म १८ वटा स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : १५ बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको