सप्तरीमा १८८ जनाको र्‍यापिड परीक्षण, १६६ को नतिजा नेगेटिभ « Khabarhub

सप्तरीमा १८८ जनाको र्‍यापिड परीक्षण, १६६ को नतिजा नेगेटिभ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरी जिल्लाको राजविराज नगरपालिकासहित विभिन्न स्थानीय तहमा १८८ जनाको  र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटबाट कोरोना भाइरसको द्रुत परीक्षण गरिएको छ ।

राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६ महिला र १७२ पुरुषको परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।

परीक्षण गरिएका १८८ मध्ये १८६ को रिपोर्ट नेगेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २ जनाको रिपोर्ट पोजिटिभ आएकामा उनीहरूको समेत पीसीआर प्रविधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म १८ वटा स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : १५ बजे

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त