लकडाउनका कारण अप्ठेरोमा रहेका नागरिकलाई सुरक्षित रुपमा घर पुर्‍याउन कांग्रेसको माग « Khabarhub

लकडाउनका कारण अप्ठेरोमा रहेका नागरिकलाई सुरक्षित रुपमा घर पुर्‍याउन कांग्रेसको माग


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कााठमाडौं– नेपाली कांग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पुर्‍याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

सयौं किलोमीटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने कांग्रेसको भनाइ छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उल्लेख गरेका छन् ।

‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ– अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता शर्माले  नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेत समेत गराएका छन् ।

प्रवक्ता शर्माले विज्ञप्तीमा भनेका छन्, ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुप¥यो सरकार । सुनिन्छ भने सुन्नुपर्‍यो । बुझिन्छ भने बुझ्नुपर्‍यो । गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, सङ्कटमा साथ रहेको प्रतिपक्षि दल सरकारलाई सचेत गराउँदछ ।’

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १ : ०८ बजे

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका

चीन–अमेरिका व्यापार तनावमा नरमी, पारस्परिक महसुल कटौतीतर्फ सहमति

बेइजिङ– चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनाव कम

प्रतिनिधिसभा : विपद्, सुकुम्वासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद्

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना