सरकारमा बसेकाहरु निमुखाहरुको यात्राको दर्शक मात्रै : देउवा « Khabarhub

सरकारमा बसेकाहरु निमुखाहरुको यात्राको दर्शक मात्रै : देउवा


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जान हिँडेका जनतालाई तत्काल गासवासको प्रवन्ध गरि सुरक्षितसँग घर पुर्‍याउ सरकारसँग आग्रह गरेका छन् ।

घर जाने जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरि सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग देउवाले आग्रह गरेका छन् ।

सयौं किलोमिटर पैदल हिँडेर घर गइरहका प्रति सरकार सवेदनशील नबनेको आरोप देउवाको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा देउवाले लेखेका छन्,’राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु ।’

देउवाले अगाडि लेखेका छन्,’काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्।सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो।तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छ।’

सभापति देउवाले पैदल हिँडेर घर गइरेका नागरिकलाई स्थानीय तह र पार्टीका विभिन्न संगठनले सामाजिक दूरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र वासको प्रवन्ध मिलाउन आग्रह गरेका छन् ।

‘लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु।’ देउवाले भनेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ३ : ३० बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना