सिन्धुपाल्चोकमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

सिन्धुपाल्चोकमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची- कोभिड–१९ संक्रमण आशंकामा परीक्षण गरिएका सिन्धुपाल्चोक जिल्लाका सबै परीक्षणले संक्रमण नभएको देखाएको छ ।

विश्वभर फैलिएको भाइरस संक्रमणको लक्षण मिलेका र विदेशबाट फर्किएकाहरुमा संक्रमण नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक सय ४३ जनाको र्यापिड टेष्टबाट र आठ जनाको स्वाव परिक्षणबाट कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो ।

बिहिबार झण्डै एक दर्जन स्थानमा एक सय वढीको र्यापिड टेष्ट गरिएको र सबै परीक्षण नेगेटिभ पाइएको कार्यालयले जनाएको छ ।

चैत्र महिनामा बिदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरुमा परिक्षण गरिएको थियो ।

सबैभन्दा बढी बिदेशबाट फकिएका मेलम्चीमा २७ जनामा एकै दिन परीक्षण गरिएको र सबै नतिजा नेगेटिभ रहेको मेलम्ची नगरपालिकनकी उपप्रमुख भगवती नेपालले जाकारी दिइन् ।

गत मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि राजधानीको सनसीटीमा बसोबास गर्ने जिल्लाका सबैको परीक्षण गरिएको छ । सनसीटीमा बस्ने र आवतजावत गरेका जिल्लाका ११ जना सबैको बिहिबार परीक्षण गरिएको छ ।

र्यापिड परिक्षणले सबैको नतिजा नेगेटिभ देखाएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिए ।

बिहिबारसम्ममा जिल्लाभर २७ जना क्वारेन्टाइनमा बसेका छन् । वुधवार १८ जना थिए भने बिहिबार एकै दिन नौ जना थपिएका छन् ।

त्यस्तै लगडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याइएका र संक्रमण परीक्षणले नेगेटिभ नतिजा देखाएका ५६ जना घर फर्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा हालसम्म ८३ जनाले क्वारेन्टाइन सेवा लिएका छन् । आठ जना आईसोलेसनमा उपचार गरि फर्किएका छन् । 

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ०८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी