चार्टर्ड उडानमार्फत स्वदेश फर्किए थप २२८ बेलायती नागरिक | Khabarhub Khabarhub

चार्टर्ड उडानमार्फत स्वदेश फर्किए थप २२८ बेलायती नागरिक


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई बेलायतले चार्टर्ड उडान मार्फत स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो । काठमाडौंमा उसको यो तेस्रो चार्टर्ड उडान हो ।

यसैबीच एयर अरेबियाको कार्गो जहाज पनि शुक्रबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नेछ । यो कार्गो उडानमा के कस्ता सामग्री ल्याइएको भन्ने यकिन विवरण आएको छैन । जहाज काठमाडौँ आएर यताबाट रित्तै फर्कनेछ ।

शुक्रबार नै विहान नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का २ वाईड बडी जहाज चीनको ग्वाङ्जाओबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिएर फर्किएका थिए । दुबै जहाज निजी व्यवसायीले चार्टर्ड गरेर सामाग्री ल्याएका हुन् ।

आन्तरिकतर्फ पनि केही उद्धार तथा कार्गो उडान भइरहेका छन् । शुक्रबार नै दिउँसो यति एयरलाइन्सको जहाजले ३५ जना चिकित्सक बोकेर धनगढी उडान भरेको विमानस्थलले जनाएको छ ।

सरकारले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को परीक्षणका निम्ति थप स्वास्थ्य जनशक्ति पठाएको हो । श्री एयरलाइन्सले पनि सिङ्गापुरको लागि कार्गो उडान गर्दैछ । अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि श्रीले जहाज पठाउन लागेको हो । उडान तालिका रहेपनि अहिलेसम्म उडान नभएको विमानस्थलले जनाएको छ । यसअघि पनि श्रीले काठमाडौँ–सुडानमा कार्गो उडान गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ०२ बजे

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका