अलपत्र परेकाहरुलाई गन्तब्यमा पुर्‍याउने बारे बालुवाटारमा छलफल | Khabarhub Khabarhub

अलपत्र परेकाहरुलाई गन्तब्यमा पुर्‍याउने बारे बालुवाटारमा छलफल


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ ।

यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन् ।

अलपत्र परेकालाई विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्‍याइदिनेमध्ये एक निर्णय गर्ने तयारी समितिले गरेको छ ।

स्रोतका अनुसार घर जान दिने निर्णय गर्ने भन्दा पनि जनप्रतिनिधसँगको समन्वयमा जाने व्यवस्था मिलाउने बारे छलफल भइरहेको छ ।

उच्चस्तरीय समितिले बैठक अघि नेकपाका केही सांसदहरुसँग पनि छलफल गरेको थियो ।

लकडाउनका कारण अलपत्र परेका नगरिकहरु राजधानीसहितका विभिन्न स्थानबाट पैदल नै गाउँ फर्किरहेका छन् । सयौं किलोमिटरको दूरी उनीहरुले तय गरिरहेका छन् । खाना बस्नको समस्याका कारण नागरिकहरु अलपत्र पर्दा समेत सरकारले वेवास्ता गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

यसैबीच प्रदेश नम्बर पाँच सरकारले भने आफ्नो क्षेत्रमा आइपुगेका नागरिकलाई क्वारेन्टाइमा राख्ने व्यवस्था गरेको छ । खाना बस्न सहितको व्यवस्था गरिएको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ५० बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका