अलपत्र मजदुर, गर्भवतीलगायतको मानवअधिकार रक्षा गर्न सरकारलाई आयोगको निर्देशन « Khabarhub

अलपत्र मजदुर, गर्भवतीलगायतको मानवअधिकार रक्षा गर्न सरकारलाई आयोगको निर्देशन


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण राजधानी लगायतका स्थानमा अलपत्र परेर गाउँ जाने क्रममा बाटामा अलपत्र परेकाहरुको मानवअधिकार रक्षाका लागि सरकारलाई निर्देशन दिएको छ ।

आयोगले श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गरी उनीहरूको बाच्न पाउने मानव अधिकारको रक्षा गर्न सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले असंगठित रूपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, सिमान्तकृत र उपचारका लागि हिँडेका बिरामीसहित हजारौं जना घर फर्कने क्रममा बाटामा अलपत्र परिरहेको अनुगमनका क्रममा पाइएको भन्दै उनीहरुको अधिकार रक्षा हुनुपर्ने बताएको हो ।

संविधानमा प्रत्याभूत प्रत्येक व्यक्तिको खाद्य तथा बाँच्न पाउने अधिकारको सम्मान गरी अलपत्र नागरिकहको मानव अधिकारको रक्षा गर्न संघ, प्रदेश सरकार र स्थानीय तहहरूलाई आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ०७ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना