सुनेको थिएँ, कम्युनिस्ट पार्टी त मजदुर र सर्वहारा वर्गको पार्टी हो « Khabarhub

सुनेको थिएँ, कम्युनिस्ट पार्टी त मजदुर र सर्वहारा वर्गको पार्टी हो


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपालमा लकडाउन गरेको झण्डै एक महिना पुग्न लागेको छ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यद्यपि धेरैलाई यो लकडाउन पुनः लम्बिने डरले सताएको छ । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु हप्तौं हिडेर घर पुगेका छन् ।

सामाजिक सञ्जालमा मजदुरलाई घर जाने वातावरण नबनाएको भन्दै सरकारको व्यापक आलोचना भएको छ । यसैबीच हास्यकलाकार कुमार कट्टेल (जिग्री) ले प्रधानमन्त्री ओलीलाई ती मजदुरलाई घरसम्म पु¥याउन व्यवस्थाका लागि आग्रह गरेका छन् ।

‘प्रधानमन्त्री ज्यू, तपाईं त सरकारको नेतृत्त्व गरिरहेको कम्युनिस्ट पार्टीको अध्यक्ष, कम्युनिस्ट पार्टी त मजदुर र सर्वहारा वर्गको पार्टी हो सुनेको थिएँ,’ कुमार कट्टेल लेख्छन्, ‘आज विपत्तिमा गरीब, मजदुरहरु भोकभोकै हिँडेर घर गइरहँदा तपाईको पार्टी र सरकार गरीब र मजदुरकै हो र भन्ने प्रश्नमा मनमा आयो ।’

उनले यो देशको नागरिकको हैसियतले जिल्ला–जिल्ला र स्थानीय तहको समन्वयका लागि पास मिलाइदिन पनि अनुरोध गरेका छन् ।

साथै कट्टेलले आफ्नो व्यक्तिगत खर्चमा गाडीको व्यवस्था गरी फसेका गरीब र मजदुरको पहिचान गरी घर पु¥याइदिने पनि बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : २९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच