अलपत्र नागरिकलाई सुरक्षित घर पुर्‍याउन सर्वोच्चको आदेश « Khabarhub

अलपत्र नागरिकलाई सुरक्षित घर पुर्‍याउन सर्वोच्चको आदेश


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले लकडडाउनका कारण अपलत्र नेपाली नागरिकलाई सुरक्षित घर पुर्‍याउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले शुक्रबार अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी गन्तव्यमा पुर्‍याउन आदेश दिएको हो ।

सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउनु राज्यको प्राथमिक दायित्व भएको बताएको छ ।

यस्ता व्यक्तिमा कोरोना संक्रमणको आशंका भए आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसनमा राखी निको भएपछि वा शंका बाहिर आएपछि गन्तव्यमा पुर्‍याउन पनि सर्वोच्चले आदेश दिएको छ ।

लकडाउनका कारण मानिसहरु पैदलै हिँडेर गन्तव्यतर्फ लागेका छन् । उनीहरु गाडी नचल्दा अहिले अलपत्र परिरहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ११ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने