नेपालमा आजमात्र थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो  | Khabarhub Khabarhub

नेपालमा आजमात्र थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो 


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटा र चितवनका २ वटा गरी १४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उदयपुरका १२ जना संक्रमित मुस्लिम समुदायका व्यक्तिहरु हुन् । उनीहरुको उमेर क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० वर्ष रहेको छ ।

यस्तै चितवनका २७ वर्षीय पुरुष  र ६३ वर्षीयमा महिला रहेको सहप्रवक्ता डा अधिकारीले बताए ।

उनीहरुको विषयमा थप जानकारी लिन कन्ट्रयाक ट्रेसिङको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित क्षेत्रका टोली खटाइसकेको सह प्रवक्ता डा अधिकारीको भनाइ छ ।

यसअघि प्रदेश एकको बिराटनगरमा रहेको कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै चिवतनका दुुइजनाको पनि चितवनमै पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रदेशका प्रयोगशालाहरुमा पीसीआर विधिबाटै परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि संक्रमण पुष्टि गर्न प्रदेश सरकारले उनीहरुको थ्रोड स्वाबको नमूना केन्द्रीय प्रयोगशालामा पठाएका थिए । केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनीहरुमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले १४ जना संक्रमित थपिएको आधिकारीक रुपमा जानकारी दिएको हो ।

यसअघि नेपालमा १६जना कोरोना संक्रमित रहेको र ती मध्ये एक जना निको भइसकेका छन् भने १५ जना केन्द्र र प्रदेशका विभिन्न अस्पतालमा उपचारत छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । अन्य संक्रमितहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या थप भएको विषयमा फेसबुकमा लेखेको छ- हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२७ वर्षीय पुरुष र ६३  वर्षीय महिला )

अध्यावधिक मिति: २०७७ बैशाख ५ गते

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ४३ बजे

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक

फोहोर व्यवस्थापन एप सार्वजनिक  

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको