कोरोना त्रासः बाटोमा पैसा छर्ने महिला फरार, प्रहरीद्वारा खोजी जारी « Khabarhub

कोरोना त्रासः बाटोमा पैसा छर्ने महिला फरार, प्रहरीद्वारा खोजी जारी


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले जनकपुरमा बाटोमा पैसा फ्याँकेर भाग्ने  दुई जना महिलाको खोजी जारी राखेको छ ।

उनीहरुको तस्वीर सीसीटीभीमा देखिएकाे जनाउँदै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ ।  जनकपुरधाम–४ महावीरचोक सडकमा नेपाली रूपैयाँ छररे फरार रहेका २ जना सीसीटीभीमा देखिएका हुन् ।

उनीहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । सीसीटीभीमा कालो रंगको कपडा लगाएकी एक महिलाले मुख छोपेकी छिन् भने अर्की  पहेंलो कपडा लगाउने महिलाको अनुहार देखिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४०-४५ वर्षका रहेको ती महिलाले दिउँसो साढे १२ बजे रूपैयाँ छररे भागेका हुन् । बरामद गरिएको उक्त रूपैयाँ कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाएको छ । पैसा छरिएको एरियामा सेनिटाइजर छरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी