लकडाउन उल्लंघन गर्ने १ हजार ४ सय बढीलाई कारबाही | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ४ सय बढीलाई कारबाही


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनलाई थप कडाइ पारिएको छ । लकडाउनको २५ औं दिन आज लकडाउन उल्लंघन गर्ने १ हजार ४ सय १४ जनालाई कारबाही गरिएको छ।

आज बिहान ६ बजे देखि बेलुका ५ बजेसम्म उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसै गरी ३ सय ५४ वटा दुई पाङ्ग्रे र २६ वटा चारपाङग्रे गरी ३ सय ८० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट सबैभन्दा बढि १ हजार १ सय ५२ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय १७ र भक्तपुरबाट ४५ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १ सय ३७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : २४ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत