थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण « Khabarhub

थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- तीन साता लामो लकडाउनले पीडामा परेका मकवानपुरका विपन्न र दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने थप १४ हजार २९५ घर परिवारलाई खाद्यान्न प्याकेट घरदैलोमै उपलब्ध गराइएको जिल्ला समन्वय समितिले जनाएको छ ।

आठ गाउँपालिकामा सम्बन्धित वडाध्यक्षको रोहवरमा खाद्यान्न प्याकेट वितरण गर्न लगाइएको समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए।

ती प्रत्येक घरको परिवार सङ्ख्याका आधारमा न्यूनतम पाँच किलोदेखि २० किलोसम्म चामल, दाल दुईदेखि चार किलोसम्म, नुन दुई प्याकेट, तेल एक लिटर र तरकारी दुई किलो गाउँपालिकाले आफ्नो कोषबाट खरिद गरी ती परिवारलाई उपलब्ध गराइएको बताइएको छ ।

जिल्लाका दुर्गम र पश्चिम भेगमा पर्ने राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न उत्पादन कमी हुँदै आएको र ती क्षेत्रमा बसोवास गर्ने आदिवासी चेपाङ, तामाङ समुदायको बाहुल्यता भएकाले विपन्न र ज्यालादारी गर्ने सर्वसाधारणलाई यही समयलाई मात्र नभई छ/सात महिनाका लागि खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था आएकाले सङ्घीय सरकार र प्रदेश सरकारलाई आफूले गाउँपालिकाका तर्फबाट निर्णय गरी माग गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका केही वडामा करिब चार हजार घरपरिवारलाई खाद्यान्न प्याकेट वितरण गरिसकिएको र अरु वडामा तथ्याङ्क लिने काम भइरहेकाले दुई/तीन दिनभित्रै खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले जानकारी दिए ।

मकवानपुरमा अहिले करिब ४२ हजार ३७७ परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै