फ्रान्समा २४ घण्टामा ७६१ को मृत्यु « Khabarhub

फ्रान्समा २४ घण्टामा ७६१ को मृत्यु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या १८ हजार ६८१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा फ्रान्समा ७६१ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म फ्रान्समा १ लाख ४७ हजार ९६९ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३४ हजार ४२० जना उपचारपछि फर्किएका छन् भने ६ हजार २७ जनाको अवस्था गम्भीर छ । ९४ हजार ८६८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना