यूएईका जेलमा १ सय ८८ पुरुष र १२ महिला « Khabarhub

यूएईका जेलमा १ सय ८८ पुरुष र १२ महिला


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई- रोजगारीका लागि यूएई पुगेका १ सय ८८ जना पुरुष र १२ जना महिला विभिन्न अभियोगमा जेल परेको यूएईस्थित आबुधावी नेपाली दूतवासले जानकारी दिएको छ ।

दूतावासले गत डिसेम्बर महिनामा यूएईको सातवटा इमिरेट्समा रहेका ८ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली यूएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ ।

मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झै–झगडाका कारण १ सय १६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा ८ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् ।

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न ७, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न ५ र अन्य कानुनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ ।

२२ नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए । दूतावासका अनुसार १ सय ८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् ।

सारजाह सेन्ट्रल कारागारमा ७ पुरुष र ३ महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र ४ महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र ४ महिला तथा अजमान सेन्ट्रल कारागारामा ४ पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ ।

रसअल खैइमा सेन्ट्रल कारागारमा ४ पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक–एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ४७ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश