पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम « Khabarhub

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । 

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारले विपद्को समयमा हुन सक्ने जोखिम र त्यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

वीरगञ्जको घण्टाघर क्षेत्रमा आयोजित कार्यक्रममा बाढी, पहिरो, ढुवान तथा अन्य प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने सावधानी तथा सुरक्षित रहने उपायसम्बन्धी सूचनामूलक सामग्री वितरण गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारकी इन्चार्ज प्रहरी हवल्दार सन्ध्या गुरौले कार्यक्रममार्फत स्थानीय बासिन्दा, रिक्सा तथा ठेला चालक र यात्रुहरूलाई विपद्का कारण उत्पन्न हुन सक्ने आर्थिक, मानसिक तथा सामाजिक जोखिमबारे जानकारी गराइएको बताइन्।

कार्यक्रममा विपद्का बेला अस्थायी शिविरमा बस्दा अपनाउनुपर्ने सावधानी तथा महिला र बालबालिकाको सुरक्षाका विषयमासमेत सचेत गराइएको थियो। 

साथै विपद्का समयमा हुन सक्ने असुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखन, आगलागी, बाढी, भूकम्पलगायत अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपायका साथै अपरिचित व्यक्तिको शंकास्पद गतिविधिप्रति सतर्क रहनेबारे पनि सचेतना फैलाइएको गुरौले जानकारी दिइन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : १९ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने