कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी दम्पती जसलाई तस्वीरले बनायो चर्चित « Khabarhub

कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी दम्पती जसलाई तस्वीरले बनायो चर्चित


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साधुसन्त बाहेक सबैजसो मानिस माया, प्रेम, सन्तान मोहजस्ता सांसरिक जीवनको बन्धनमा हुन्छन् ।

तर कतिपय परिस्थितिमा यस्ता केही पेसाकर्मी हुन्छन् जसलाई माया, प्रेम र घरपरिवारको बन्धनमा चाहेर पनि बस्न सक्ने अवस्था हुन्न ।

कोरोना भाइरसको महामारीले संसार आक्रान्त भइरहँदा स्वास्थ्यकर्मीहरु अहिले माया र प्रेममा चाहेर पनि रम्न सक्ने अवस्थामा छैनन् ।

महामारीबाट जोगिन संसारका कयौं मुलुकहरु लकडाउनमा रहँदा करोडौं मानिसहरु घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरु भने चाहेर पनि घरपरिवारसँग बस्न सकिरहेका छैनन् ।

स्वास्थ्यकर्मीहरु महामारीसँग अस्पतालका शैयामा छटपटाइरहेका विरामीको उपचारमा तल्लिन छन् ।

घरपरिवार नै नभनिकन विरामीको उपचारमा क्रियाशिल भइरहेका एक स्वास्थ्यकर्मीहरुको जोडीको तस्वीर भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाको फ्लोरिडास्थित टाम्पा जनरल अस्पतालमा कार्यरत मिन्डी ब्रूक र बेन कायेरको जोडीले एक अर्कालाई समाएर  आँखामा आँखा जुधाएको तस्वीरले कयौँ मानिसलाई भावुक बनाएको छ ।

नर्स दम्पती मिन्डी र बेन दुवैलाई बिरामीलाई श्वासप्रश्वासमा सहज हुने ट्युब जोडिदिने कार्यमा खटाइएको छ ।

उक्त काममा निरन्तर खटिएका उनीहरुले एकअर्कालाई छुन पनि पाउँदैनन् । पाइहाले पनि सुरक्षा उपकरण लगाउनुपर्ने बाध्यता छ ।

कयौं दिनदेखि विरामीको उपचारमा खटिरहेका उनीहरुले कामको बोझकैबीच पीपीईमा नै एकअर्कालाई हेर्दै माया साट्ने प्रयत्न गरेका हुन् ।

नर्सिङ पढ्दा प्रेममा परेक उनीहरुले पाँच वर्षअघि विवाह गरेका थिए । अहिले दुबै जना विरामीको सेवामा क्रियाशिल छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : २१ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको