आइसल्यान्डमाथि विश्व विजेता फ्रान्सको शानदार जीत « Khabarhub

आइसल्यान्डमाथि विश्व विजेता फ्रान्सको शानदार जीत


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–युरोपीयन च्याम्पियनसिप छनोट अन्तर्गत समूह ‘एच’मा रहेको विश्व विजेता फ्रान्सले आइसल्यान्डमाथि शानदार जीत हात पारेको छ । गएराति फ्रान्समा भएको खेलमा घरेलु टोलीले पाहुना आइसल्यान्ड ४—० गोल अन्तरले स्तब्ध पार्यो ।

आइसल्यान्डविरुद्धको खेलमा फ्रान्सका चार खेलाडीले गोल गरे । खेलको १२ औं मिनेटमा स्यामुयल उम्टीटीको गोलमा अग्रता बनाएको फ्रान्सले पहिलो हाफमा १—० गोलको अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ओलिभर गिरोडले उत्कृष्ट गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए भने फ्रान्सबाट खेलेका ८९ अन्तराष्ट्रिय खेलमा गोल संख्या पनि ३५ पुरा गरेका छन् ।

२—० को अवस्थामा रहँदा युवा स्टाएइकर किलियन एमबाप्पेले ७८ औं तथा कप्तान एन्टोइनी ग्रिज्मयानले ८४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ४—० गोल अन्तरको फराकिलो जीत दिलाए ।

फ्रान्सले छनोटको पहिलो खेलमा मोल्डोभालाई ४—१ गोलले पराजित गरेको थियो । जीतसँगै फ्रान्सले युरोपीयन च्याम्पियनसिप छनोटमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ९ : ०५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल