आइसल्यान्डमाथि विश्व विजेता फ्रान्सको शानदार जीत « Khabarhub

आइसल्यान्डमाथि विश्व विजेता फ्रान्सको शानदार जीत


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–युरोपीयन च्याम्पियनसिप छनोट अन्तर्गत समूह ‘एच’मा रहेको विश्व विजेता फ्रान्सले आइसल्यान्डमाथि शानदार जीत हात पारेको छ । गएराति फ्रान्समा भएको खेलमा घरेलु टोलीले पाहुना आइसल्यान्ड ४—० गोल अन्तरले स्तब्ध पार्यो ।

आइसल्यान्डविरुद्धको खेलमा फ्रान्सका चार खेलाडीले गोल गरे । खेलको १२ औं मिनेटमा स्यामुयल उम्टीटीको गोलमा अग्रता बनाएको फ्रान्सले पहिलो हाफमा १—० गोलको अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ओलिभर गिरोडले उत्कृष्ट गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए भने फ्रान्सबाट खेलेका ८९ अन्तराष्ट्रिय खेलमा गोल संख्या पनि ३५ पुरा गरेका छन् ।

२—० को अवस्थामा रहँदा युवा स्टाएइकर किलियन एमबाप्पेले ७८ औं तथा कप्तान एन्टोइनी ग्रिज्मयानले ८४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ४—० गोल अन्तरको फराकिलो जीत दिलाए ।

फ्रान्सले छनोटको पहिलो खेलमा मोल्डोभालाई ४—१ गोलले पराजित गरेको थियो । जीतसँगै फ्रान्सले युरोपीयन च्याम्पियनसिप छनोटमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ९ : ०५ बजे

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले