ललितपुर महानगरले पसल खोल्ने समय तोक्यो « Khabarhub

ललितपुर महानगरले पसल खोल्ने समय तोक्यो

नियम पालना गरेर मात्रै खोल्न पाइने


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ ।

ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूलो स्टोरहरु बिहान १०बजेदेखि र साँझ सात बजेसम्म खोल्न अनुमति दिएको उल्लेख छ ।

त्यसैगरीसाना साना पसलहरु र तरकारी तथा फलफूल पसलहरु बिहान सातबजे साँझ सात बजेसम्म खोल्न निर्देशन दिएको जनाइएको छ ।

उपप्रमुख गीता सत्यालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरप्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा भएको बैठकमा आपूर्ति व्यवस्था र बजार व्यवस्थापनका बारेमा समेत छलफल गरिएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, ठूला खाद्य स्टोर, उद्योग वाणिज्य संघ ललितपुरका प्रतिनिधिहरुको सहभागिताका थियो ।

विज्ञप्तिमा उल्लेख भए अनुसार पसल अगाडि साबुन पानी र ह्याण्ड स्यानिटाइजरको व्यवस्था गनुपर्ने, विक्रेताले मास्क र सर्जिकल ग्लोभ्स अनिवार्य, लगाउनु पर्ने , मास्क लगाएका ग्राहकलाई दुरी कायम गरेर लाइनमा बस्ने व्यवस्था मिलानुपर्ने, मूल्यसूची देखिने गरी राख्नुपर्ने, ग्राहकले सामान छुन र छनौट गर्न नपाउने व्यवस्था गनपर्ने जनाइएको छ । ठूला स्टोरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु पर्ने जनाइएको छ ।

विज्ञप्तिमा बजार अनुगमन ललितपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा गरिने जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ५१ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण