र्‍यापिड टेष्ट तीव्र, १४ दिन पूरा गरी २६२ घर फिर्ता | Khabarhub Khabarhub

र्‍यापिड टेष्ट तीव्र, १४ दिन पूरा गरी २६२ घर फिर्ता


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- कोरोना भाइरसको रोकथामका लागि दैलेखका विभिन्न क्षेत्रमा तयारी तीव्र पारिएको छ । भारतलगायत तेस्रो मुलुकबाट भित्रनेको सङ्ख्या एक हजार ५०० बढी पुगेपछि सबैखाले सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाल सरकारले शुरु गरेको र्‍यापिड टेस्टबाट धमाधम परीक्षण शुरु गरिएको छ भने पालिकाबाट क्वारेन्टाइनमा बसेका २६२ जना १४ दिन पूरा गरी घर फिर्ता भएका छन् ।

भारत र तेस्रो मुलुकबाट दैलेखमा आउनेको सङ्ख्या करिब एक हजार ५०० पुगिसकेको छ । लकडाउनका बेलामा समेत दिनहुँ नेपालगञ्जदेखि सुर्खेत हुँदै दैलेखका गाउँमा मानिस भित्रिने क्रम रोकिएको छैन ।

अन्य मुलुकसँगै भारतबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्‍यापिड टेष्ट शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय दैलेखका प्रमुख निरञ्जन पन्थले बताए ।

दैलेखको निकै दुर्गम मानिएको आठवीस नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८४ को र्‍यापिड टेष्ट सकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । र्‍यापिड टेष्टअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय दैलेख र विभिन्न पालिकामा ११३ जनामा टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख पन्थले बताए ।

दैलेखका विभिन्न पालिकाबाट पठाइएका ८८ स्वाब सङ्कलनमध्ये ४६ वटाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ५१ जनाको रिपोर्ट आउन बाँकी नै छ ।

दैलेखका विभिन्न पालिकामा क्वारेन्टाइनमा बसेका २८३ मध्ये २६२ जना १४ दिन पुगेर घर फिर्ता भएका छन् । जिल्ला प्रहरी र प्रशासन कार्यालय दैलेखले लकडाउन उल्लङ्घन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना गरेको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख हरिबहादुर वलीले बताए ।

सङ्क्रमित व्यक्ति भएका जिल्ला र उनीहरु चढेर आएको सवारी साधानलाई सुक्ष्मरूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षणलाई दैलेखको स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : ३९ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले