आजसम्म लमजुङमा २३ हजारको स्वास्थ्य परीक्षण « Khabarhub

आजसम्म लमजुङमा २३ हजारको स्वास्थ्य परीक्षण


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट शुक्रबारसम्म २३ हजार ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको क्वीक रेस्पोन्स टिमले जनाएको छ ।

लमजुङको मुख्य प्रवेशद्वार सुन्दरबजार नगरपालिका –७ पाउँदीबजारमा राखिएको स्वास्थ्य सहायता कक्षमा सबैभन्दा बढी १२ हजार २२४ जनाको परीक्षण भएको छ ।

त्यस्तै मध्यनेपाल नगरपालिकास्थित दुईपिप्ले स्वास्थ्य सहायता कक्षमा सात हजार ८८७ हजार र सो नगरको रामबजारमा राखिएको हेल्थ डेस्कमा दुई हजार १८६ जनाको स्वास्थ्य परीक्षण भएको छ । बेँसीशहर नगरपालिका –७ मनाङ्गे चौतारामा राखिएको स्वास्थ्य सहायता कक्षमा दुई हजार १९८ जनाको परीक्षण भएको छ ।

त्यस्तै क्व्होलासोथर गाउँपालिकास्थित वाग्लुङपानीमा उक हजार १४५, पसगाउँमा एक हजार २१३, सिङ्दीमा ६९०, झिमुडाँडामा एक हजार २४, घलेगाउँमा ३८६ र भोजेमा राखिएको स्वास्थ्य सहायता कक्षमा ९३ जनाको परीक्षण भएको छ ।

कोराना भाइरस संक्रमणको त्रास फैलिएसँगै लकडाउन हुनुपूर्व नै बाहिरी जिल्ला र विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचका लागि विभिन्न स्थानीय तहमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै