एम्बुलेन्समा गाँजा तस्करी प्रकरण- प्रमाण नपुगेको भन्दै मेयर विरुद्ध मुद्दा नचल्ने निर्णय « Khabarhub

एम्बुलेन्समा गाँजा तस्करी प्रकरण- प्रमाण नपुगेको भन्दै मेयर विरुद्ध मुद्दा नचल्ने निर्णय


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको ईशनाथ नगरपालिकाका मेयरविरुद्ध लागू औषध कारोबारको आरोपमा मुद्दा नचल्ने भएको छ ।

मेयर र उनका भाइ विरुद्ध लागू औषध कारोबारको आरोपमा जिल्ला न्यायधिवक्ताको कार्यालय हेटौंडाले प्रमाण नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको हो ।

नगरपलिकाको एम्बुलेन्समा गाँजा ओसारपसार भएको भन्दै प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको थियो । सोही मुद्दामा मेयर सन्तोष मेहतामाथि अनुसन्धान गर्नु पर्ने भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।

मेयर मेहता र उनका भाइ मोहनविरुद्ध मकवानपुर प्रहरीले लगाएको लागूऔषध ओसारपसारको आरोपमा यथेष्ट प्रमाण नपुगेपछि मुद्दा नचल्ने निर्णय भएको जिल्ला न्यायधिवक्ता खडिन्द्र कटवालले बताए ।

मेयर मेहता र उनको भाइको हकमा लागू औषध गाँजा ओसारपसारमा कुनै संलग्नता नदेखिएको र प्रमाण नपुग्ने भएपछि मुद्दा नचलाउने निर्णय भएको उनले बताए ।

मकवानपुरको नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १२ गते रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको थियो ।

मकवानपुरको मनहरीबाट गाँजा लोड गरेको एम्बुलेन्सलाई हेटौंडातर्फ आउँदै गर्दा पूर्व–पश्चिम राजमार्गको नेवारपानीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  २ : ४२ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा