अब यस्ता सवारी साधनलाई पास नचाहिने, ई-पास लिन घर छोड्नु नपर्ने « Khabarhub

अब यस्ता सवारी साधनलाई पास नचाहिने, ई-पास लिन घर छोड्नु नपर्ने


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि उपलब्ध गरेको सवारी पासले लकडाउन भर काम गर्ने भएको छ ।

पासका विषयमा थप स्पस्ट पार्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंले जनाए अनुसार यसअघि जारी गरिएको पहेलो रंगको सात दिने सवारी पास भएकाले इ पास लिनु नपर्ने जनाएको छ ।

त्यस्तै ई पास सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेजको रुपमा घरमै प्राप्त हुने भएका कारण प्रशासनमा आउनु नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार केही सवारीसाधनलाई भने पासको आवश्यकता पर्दैन । ‘एम्बुलेन्स, खाध्यान्न, खानेपानी, स्वास्थ्यकर्मी, औषधी पेट्रोलियम पदार्थ, चल्ला, दाना लगायत बोक्ने सवारिहरूलाई पास चाहिदैन’, आचार्यले भने, अकस्मात आउने स्वास्थ्यमा खराबी र नियमित औषधी सेवन गर्नुपर्ने डायलाइसिस जस्तो संवेदनशिल बिरामीहरूलाई अस्पताल जानुपर्ने भए महानगरपालिकाले व्यवस्था गरेको निशुल्क एम्बुलेन्स प्रयोग गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ४ : २४ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि