पैसा फाल्ने मध्ये एक मुस्लिम महिलाको र्‍यापिड टेष्ट पोजेटिभ « Khabarhub

पैसा फाल्ने मध्ये एक मुस्लिम महिलाको र्‍यापिड टेष्ट पोजेटिभ


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई मुस्लिम महिला मध्ये एक जनामा कोरोना भाइरस परीक्षणका लागि गरिएको र्‍यापिड टेष्टको रिजल्ट पोजेटिभ देखिएको छ ।

शनिवार प्रहरीले उनीहरुलाई पक्राउ गरेसँगै उनीहरुको आरडीटी गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।

पक्राउ परेका मध्ये ३५ वर्षीया अलिना खातुनको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ देखिएको स्रोतको भनाइ छ ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहका अनुसार पक्राउ परेका मध्ये एक जनामा र्‍यापिड टेस्ट गर्दा कोरोनाको संक्रमण देखिएको छ ।

उनले प्रादेशिक अस्पताल जनकपुरमा गरिएको आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै पीसीआर टेष्टको तयारी भइरहेको जानकारी दिए ।

‘जाँचका लागि ल्याइएका दुईमध्ये एक जनामा आरडीटी रिपोर्ट पोजेटिभ आएको छ’प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक साहले भने,’पीसीआर बिधीबाट जाँच गर्ने तयारी छ’ ।

ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो । सोहीअनुसार आज करिब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : ३९ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना