पर्खाल नाघेर काठमाडौंस्थित जापानी दूतावास परिसरमा छिरेका विदेशी नागरिक पक्राउ | Khabarhub Khabarhub

पर्खाल नाघेर काठमाडौंस्थित जापानी दूतावास परिसरमा छिरेका विदेशी नागरिक पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित जापानी राजदूतावासको पर्खाल नाघेर अनधिकृत रुपमा दूतावास परिसरमा प्रवेश गरेका एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई चिनियाँ नागरिक बताउने ती विदेशी नागरिक काठमाडौंको पानीपोखरीमा रहेको जापानी राजदूतावासको पर्खाल नाघेर दूतावास परिसरमा पुगेका थिए । झण्डै ५ मिटर अग्लो पर्खाल नाघेर दूतावासको परिसरमा पुगेका उनलाई अनाधिकृत रुपमा प्रवेश गरेको देखेपछि दूतावासका सुरक्षाकर्मीले नेपाल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दूतावाससँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

महाराजगञ्ज वृत्तबाट प्रहरी निरीक्षक रवि थपलिया नेतृत्वमा खटिएको टोलीले उनलाई दूतावासबाटै पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगेको छ । प्रहरीले उनको स्वास्थ्य चेकजाँचपछि थप छानबिन गर्ने बताएको छ । प्रहरीले एम्बुलेन्स बोलाएर उनलाई त्रिवि शिक्षण अस्पताल लगेको छ ।

अग्लो पर्खाल नाघेर दूतावास परिसरमा पुगेका उनको शरीरका बिभिन्न भागमा चोटपटक समेत लागेको छ ।

उनी किन दूतावास परिसरमा प्रवेश गरे भन्ने थप छानविनपछि थाहा हुने प्रहरीले जनाएको छ । उनी आफैले चिनियाँ नागरिक भएको बताए पनि उनी चिनियाँ हुन् वा होइनन् भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म उनको साथबाट परिचय खुल्न कागजात समेत फेला पार्न नसकिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ५४ बजे

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क