सडकमा पैसा फालेर भाग्ने दुई महिलामा देखिएन कोरोना « Khabarhub

सडकमा पैसा फालेर भाग्ने दुई महिलामा देखिएन कोरोना


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकपुरको सडकमा पैसा छर्ने दुई महिलाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहका अनुसार सडकमा पैसा फाल्ने दुबै महिलाको पीसीआरबाट गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण नेगेटिभ आएको हो ।

जनकपुरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि र्‍यापिट डाइग्रोष्टिक टेष्ट आरडीटीबाट गरिएको परीक्षणमा भने एक महिलाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना परीक्षण गराएको थियो । आरडीटीबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रहरीले जनकपुरको प्रादेशिक अस्पताको आइसोलेनमा रोखेको थियो ।

शुक्रवार महावीर चोकमा पैसा छरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् ।

उनीहरु भाउजु र नन्द भएको घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बाटोमा पैसा फकेर हिँडेसँगै जनपुरमा त्रास फैलिएको थियो । महावीर चोकमा नेपाली रुपैयाँ छरेर फरार रहेका दुई जना सीसीटीभीमा देखिएपछि उनीहरुको तस्वीरसहित प्रहरी खोजीमा लागेको थियो ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : ०३ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष