डा पुनबारे कपोकल्पित समाचार सम्प्रेषण गरियो– स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

डा पुनबारे कपोकल्पित समाचार सम्प्रेषण गरियो– स्वास्थ्य मन्त्रालय


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालका प्रमुख मेडिकल अधिकृत डा शेरबहादुर पुनको सम्बन्धमा कपोकल्पित समाचारहरु सम्प्रेषण भएको आरोप लगाएको छ ।

डा. पुनमाथि ‘कारबाही गरी मन्त्रालय’मा तानिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भएपछि मन्त्रालयले आइतबार आफ्नो धारणा सार्वजनिक गरेको हो ।

आइतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सहसचिव रघुराम विष्टले डाक्टर पुनलाई स्पष्टीकरण गरेको भनेर कपोकल्पित समाचार सम्प्रेषण गरिएको बताए ।

सहसचिव विष्टले डा पुनलाई काममा बाधा नपुग्ने गरी कोरोनाविरुद्धको सरकारको अभियानमा सघाउन आग्रह गर्दै मन्त्रालयमा बोलाएको पनि बताए ।

सञ्चारमाध्यममा आएजस्तो डाक्टर पुनलाई कारबाही गर्ने तयारी नभएको उनको भनाइ थियो । उनले डा पुन मन्त्रालयको पत्रपछि आजै मन्त्रालयमा उपस्थित भएको पनि बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : ४८ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं