निम्न आय भएकालाई खाना खुवाउँदै धोविचौरका युवा | Khabarhub Khabarhub

निम्न आय भएकालाई खाना खुवाउँदै धोविचौरका युवा


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण समस्यामा परेका र कम आय भएका व्यक्तिलाई धोविचौरका स्थानीय युवाले दैनिक खाना खुवाउने कार्य शुरु गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १७ स्थित क्षेत्रपाटी, धोविचौर क्षेत्रका करिब २० जना युवाको सक्रियतामा निम्न आय भएका परिवारलाई दैनिक रुपमा खाना खुवाउने कार्य शुरु भएको हो ।

वैशाख ३ गतेदेखि हरेक दिन साँझ पाँचबजेदेखि ७ बजेसम्म विभिन्न दाताहरुको सहयोगमा खाना विपन्न परिवारलाई खाना खुवाउन शुरु गरिएको आयुष्मान श्रेष्ठले जानकारी दिए ।

दैनिक २ सयदेखि २५० जनालाई खाना खुवाइरहेको उनले बताए ।

खान बनाउने र वितरण गर्ने देखि खाने व्यक्तिहरुको स्थानसम्म पूर्ण रुपमा स्वास्थय सुरक्षा अपनाइएको छ ।

खाना बनाउने र वितरण गर्ने स्थानसम्म स्वास्थ्य पीपीईको प्रयोग गर्ने गरिएको छ । त्यस्तै खाना खान आउनेहरुलाई सामाजिक दूरी बनाएर राख्ने, सावुन पानीले राम्रोसँग हात धुन लागाउने लगायका कार्य गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : ३८ बजे

एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध, फेसबुक र ह्वाट्स एप चलाएको चलायै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष ओलीबीच

एमालेको झोलामा के छ ?

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु

एमालेका संगठित सदस्य : सबैभन्दा धेरै धनुषा, सबैभन्दा कम मनाङ 

काठमाडौं– मधेश प्रदेशको धनुषा जिल्लामा नेकपा (एमाले) को पकड सबैभन्दा

एमालेको निष्कर्ष : राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल

गोदावरी- नेकपा (एमाले)ले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै

एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन

गोदावरी ललितपुर– नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने