कोरोना कहर : मुसलमानले घरमै पढ्न थाले नमाज « Khabarhub

कोरोना कहर : मुसलमानले घरमै पढ्न थाले नमाज


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाका मस्जिदको अनुगमन गरिएको छ । देशका विभिन्न स्थानका मस्जिदमा कोभिड–१९ संक्रमित मुसलमान लुकेर बसेको भन्ने सूचनाका आधारमा सो अनुगमन गरिएको हो ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाका नेपाली जामे मस्जिद, अबु बकर मस्जिद र फैजाने मुस्तफमा अनुगमन गरिएको हो । मस्जिदको अनुगमनमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, पूर्वसांसद अनारकली मियाँलगायतको सहभागिता थियो । अनुगमनका क्रममा मस्जिदमा मौलानामात्रै रहेको पाइएको प्रमुख पाण्डेले बताए ।

मुसलमानले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको उनको भनाइ छ । हरेक दिन नमाज पढ्नका लागि मुसलमान मस्जिदमा आउने गरे पनि कोरोना संक्रमणको त्रासपछि भने पूर्ण रुपमा बन्द रहेको मस्जिद व्यवस्थापन समितिका पदाधिकारीले बताएका छन् ।

प्रमुख पाण्डेले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकाले संक्रमणको त्रास नभएको बताए ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ४३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको