कोरोनाभाइरसले बेलायतमा थप एक नेपालीको निधन « Khabarhub

कोरोनाभाइरसले बेलायतमा थप एक नेपालीको निधन


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कोरोना भाइरसका कारण बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ।

लन्डनस्थित नेपाली समाजले जनाएअनुसार साउथ इस्ट लन्डनमा चार्टर्ड एकाउटेन्ट ध्रुवकुमार श्रेष्ठको निधन भएको हो। उच्चज्वरो र खोकीसहित श्वासप्रश्वासमा समस्या भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा उनलाई भर्ना गरिएएको थियो।

शनिबार राति १२ बजे श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले बताएको छ। मधुमेहका सामान्य बिरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फार्म सञ्चालन गर्दै आएका थिए।

पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन्। उनले नेपालबाट आमा र बुवालाई बेलायत घुम्न ल्याएका थिए।

अहिले उनका आमा बुवा दुवै जना बेलायतमै छन्।

यसैबीच बेलायतस्थित नेपाली राजदूतावासले बेलायत, आयरल्याण्ड र माल्टामा संक्रमण फैलिरहेको सन्दर्भमा यी मुलुकमा बसोबास बस्ने सबै नेपाली र गैरआवासीय नेपालीहरुलाई सम्बन्धित सरकारले जारी गरेका नियमहरु पालना गरी उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

दूतावासद्वारा जारी अपिलमा भनिएको छ – यस्तो असहज अवस्थामा आपसी सहयोग, सदभाव, सहभाव र समन्वय कायम गर्नु सबैको कर्तव्य हो भनिएको छ।

संक्रमण दिनानुदिन बढ्दै गैरहेको सन्दर्भमा यसको संक्रमणबाट बच्न हामी सबैको सतर्कता एवं सजगता अपरिहार्य भएको बताउँदै राजदूतावासबाट दिइने सेवाहरु प्राप्त गर्न संयुक्त बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपालीहरुका लागि राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा एवं कागजात प्रमाणीकरणका लागि यस राजदूतावासको वेबसाइट मा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउन आग्रह गरिएको छ।

अधिकृत वारेसनामा र मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सही छाप गर्नुपर्ने कामका लागि अत्यन्त जरुरी अवस्थामा मात्र दूतावास आउन अनुरोध गर्दै आउनैपर्ने काम भएमा टेलिफोन, इमेलबाट सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन बिहान १० देखि १ बजेसम्म र अपराह्न २ देखि ४ बजेसम्म र सम्बन्धित व्यक्ति मात्र आउन भनिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १९ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट